Skip

Hamro Sanchar

फेरि सर्वोच्च जादै देउवा समूह, यस्तो छ कारण !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाविधेशन प्रक्रिया रोक्न माग गर्दै संस्थापनइतर समूह (देउवा समूह) फेरि सर्वोच्च अदालत जाने भएको छ ।

पार्टीको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा एकतर्फी महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै उनीहरू सर्वोच्च जान लागेका हुन् ।

संस्थापन समूहले मंगलबार १५औँ महाविधेशनको कार्यतालिका संसोधनसहित ल्याएपछि इतर समूहको कानुन समितिले यसमा छलफल गरिरहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्। कानुन समितिको संयोजकमा नेता रमेश लेखक छन् ।

अदालतले मुद्दालाई सुरुदेखि नै हेर्ने भनेर अनुमति दिइसकेको अवस्थामा अधिवेशन प्रक्रिया अगाडि बढाउनु गलत भएको इतर समूहका नेताहरू बताएका छन्।

सर्वोच्च अदालतले गत २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो । यो आदेशसँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा फेरि सुरुदेखि नै सुनुवाइ हुने बाटो खुलेको छ ।


प्रतिकृया दिनुहोस्