
काठमाडौं, पुस १३- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न ९औ राष्ट्रिय महाधिवेशनले पौडेललाई सचिवमा निर्वाचित गरेको हो ।
नेतृत्व चयनका निम्ति भएको मतदानमा पौडेलले विजयी मध्ये सर्वाधिक २१९ मतसहित सचिवमा विजयी प्राप्त गर्नु भएको हो । ७ जना सचिवका लागि ९ जनाको उमेदवारी परेको थियो । जसमा, कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३, बलराम पन्त १५५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ईतिहासमा नेतृत्व चयनका निम्ति भएको निर्वाचनबाट युवराज शर्मा अध्यक्षमा विजयी हुनु भएको छ । शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुदाँ उहाँका निकटतम प्रतिद्वन्दी लोक बहादुर भण्डारीले १०६ मत प्राप्त गर्नु भयो ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई जनामध्ये डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित हुनु भएको छ । डा. श्रेष्ठले १४७ मत र आचार्यले १०३ मत प्राप्त गर्नु भयो । अन्य प्रतिस्पर्धीहरूमा जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्त रहेका थिए। उनीहरुले क्रमसः ३७, १००, ७८ मत प्राप्त गर्नु भयो ।
उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत (निर्विरोध) निर्वाचित हुनु भएको छ । निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने हुनुहुन्छ ।
त्यसैगरी, महासचिव पदमा रामहरी सिलवाल विजयी हुनु भएको छ । सिलवालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गर्नु भयो ।
कोषाध्यक्षमा शिव प्रसाद अधिकारि निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै सह- कोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित हुनु भएको छ ।
यस्तै, खुला सदस्य (४ जना आवश्यक): केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यबाट (१ जना आवश्यक): शिव प्रसाद सुवेदी, कोशी प्रदेश (३ जना): केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेश (३ जना): मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेश (३ जना): उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुषाल, कर्णाली प्रदेश (१ जना): प्रेम वहादुर दसुनी, सुदूरपश्चिम प्रदेश (१ जना): डा. भोजराज पन्त निर्विरोध निर्वाचित हुनु भएको छ ।



















