Skip

Hamro Sanchar

आज राजेन्द्र श्रेष्ठसहितका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ११ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूहबीच आज एकता घोषणा हुँदै छ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच एकता घोषणा गर्न लागिएको हो ।

नेपाली कम्युनिस्ट पार्टीमा जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह पनि समाहित हुने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

श्रेष्ठले भने, “नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छु, धेरै खुसी लागेको छ ।” राष्ट्रिय सभागृहमा दिउँसो १ बजे कार्यक्रम आयोजना गरिएको छ ।


प्रतिकृया दिनुहोस्