Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं-३१ का युवाहरु राप्रपा प्रवेश, अध्यक्ष लिङ्देनद्धारा स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १६ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ११ जना युवालाई पार्टीलाई स्वागत गरेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर-३१ युवाहरुलाई लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा रामकिशोर मिश्र, दिवस गौतम, राजकुमार उपाध्याय, थोमस गुरुङ, मिर्दुल नेपाल, सुनिल पुडासैनी, पेम्बा शेर्पालगायत ११ जना युवाहरु रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताए । उनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे ।

लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहम्ता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै राप्रपाले मुलुकमा सुशासन स्थापित लागिपर्ने बताए ।

पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे । सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताए ।

राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उनको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्