Skip

Hamro Sanchar

नेकपा एससँगको एकता मान्य छैन भन्दै बैठकबाट निस्किए जनार्दन

पार्टी एकता हानिकारक हुने जिकिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १५ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादी लगायतसँग हुन लागेको एकता आफूलाई मान्य नहुने भएका छन्।

आज पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकबाट बाहिरिँदै उनले आफू ‘एकताको भारी’ बोक्न तयार नभएको उल्लेख गरे।

‘हामी जो एकता गर्दै छौँ,’ शर्माले भने, ‘‘त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन। त्यो भारी हामी बोक्दैनौँ, त्यो हामीलाई मान्य छैन। त्यो मलाई मान्य छैन।’

माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्ना कुरा राखेर हिँड्ने शैली नराम्रो भएको बताए। ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो,’ बैठक स्थलबाट बाहिरिँदै उनले, ‘त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन।

यस्तै शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् ।

 


प्रतिकृया दिनुहोस्