Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षामन्त्रीको व्‍यंग्य : मसँग पनि रोलेक्स घडी छ, लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २ गते


Advertisement

काठमाडौं। शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्वीर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् ।

तर उनले उक्त घडी आफैंले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा उपहारस्वरुप दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘ मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु। यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जवरजस्ती दिनु भयो।’

सञ्‍चारमन्त्री जगदीश खरेलको घडीबारेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री पुनले व्‍यंग्य गर्दै भनेका छन्, ‘ मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ ।’

उनले ३ वर्ष पनि बेलायत बस्‍ने एक जना साथीले रोलेक्स घडी दिएको तर आफूले उक्त घडी फेसबुक मै राखेर बेचिदिएको बताएका छन्। ‘३ बर्ष पहिला पनि ग्प् मा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ।’

साथै उनले अहिले भएको रोलेक्स घडी भने तत्काल नबेच्‍ने बताएका छन् । उनले व्‍यंग्यपारामा भनेका छन्, ‘तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।

 


प्रतिकृया दिनुहोस्