
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकमा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा क्षति भएका ५ वटा प्रहरी चौकीलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले पूर्णरुपमा क्षति भएका काँडाघारी प्रहरी प्रभाग, मुलपानी प्रहरी चौकी, अर्याल गाउँ प्रहरी चौकी, थली प्रहरी चौकी र शंकरापुर नगरपालिकामा पर्ने साँखु प्रहरी प्रभागलाई प्रति चौकी २५ हजार रुपियाँका दरले आर्थिक सहयोग गरेको हो ।
उक्त रकम संस्थाका अध्यक्ष शंकर थापासहित उपाध्यक्ष राजु अधिकारी, सचिब पुस्कर नेपाल, कोषाध्यक्ष राजन थापा, प्रबन्धक टेक बहादुर प्रधानलगायतका पदाधिकारीहरुको टोलीले हस्तान्तरण गरेको हो ।
सहकारीले सामाजिक हितकोषबाट पाँच वटा प्रहरी चौकीलाई एक लाख २५ हजार प्रदान गरेको हो ।
यस्तो परिस्थितीमा जनताको शान्ति सुरक्षाको लागि बसेका प्रहरीलाई मनोबल बढाउन सहयोग प्रदान गरिएको अध्यक्ष थापाले बताए । यस्तै उनले आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्षती भएका प्रहरी चौकी स्थानीयको सहयोग र श्रमदानमा पुनर्निर्माणका कार्य अगाडी बढिरहेका छन् । जसमा प्रहरी कार्यालय थलीको पुर्ननिर्माण गरी स्थानीयले प्रहरीलाई भित्राएका छन् । भने अन्य प्रहरी चौकीहरु पुनर्निर्माण हुँदैछन् ।


















