Skip

Hamro Sanchar

शिक्षामन्त्री पुनको आग्रह ; केही दिन मलाई अनावश्यक फोन र मेसेज नगर्नुहोला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ८ गते


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न अनुरोध गरेका छन्।

मन्त्री पुनले आज बिहान सामाजिक सञ्जालमार्फत अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘अनुरोध-अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला।


प्रतिकृया दिनुहोस्