Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल लेख्छन् : धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा धैर्य गर्न र संयमित बन्न अनुरोध गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले कवि नेत्रलाल अभागीको कविता शेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य गर्न र संयमित बन्न आह्वान गरेका हुन्।

‘आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा

एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
( नेत्रलाल अभागी
धैर्य गरौँ,
संयमित बनौँ,
हामी फेरी उठ्ने छौँ

 

 


प्रतिकृया दिनुहोस्