Skip

Hamro Sanchar

डाक्टर सन्दुक रुइतको अपिल– सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, संयम बनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । डाक्टर सन्दुक रुइतले जेनजी प्रदर्शनकारीहरुको नाममा विशेष अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न र नष्ट नगर्न विशेष अपिल गरेका हुन्।

उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’

उनले सबै जुटेर देश बनाउन उनको आग्रह छ ।

 


प्रतिकृया दिनुहोस्