Skip

Hamro Sanchar

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक : रास्वपा नजाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ ।

प्रचण्डले माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे बस्ने गरी विपक्षी दलको बैठक आह्वान गरेका छन् ।

हालको असामान्य अवस्थामा रास्वपाको प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।

‘यो बेला उपचाररत घाइतेहरुको सहयोगका लागि खट्नुपर्नेछ । पार्टी भित्रैपनि छलफल गर्नुछ । यो बेला हाम्रो प्राथमिकता प्रचण्डले बोलाएको बैठकमा परेको छैन ।’


प्रतिकृया दिनुहोस्