Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन(२०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

कर्फ्यु अवधिभरि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ।

यी हुन कर्फ्यु आदेश जारी भएका क्षेत्र

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

उल्लेखित क्षेत्रमा कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको लागि भने आवागमनको लागि सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्