
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजै रातिदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेका छन्।
गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै सरकारले फेसबुक एक्ससहितको सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
योसहित भ्रष्टाचारको विरोधमा आज जेनजीले सडक प्रदर्शन गरेका थिए ।













