Skip

Hamro Sanchar

बानेश्वरमा गोलीबारी जारी :  भित्री सडकमा आन्दोलन, अबस्था   तनावग्रस्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


काठमाडौं । काठमाडौँको बानेश्वरमा प्रहरीले निरन्तर गोली चलाइरहको छ।

संसद भवन आसपासबाट हिँड्नेहरूलाई ताकेर प्रहरीले गोली हानिरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले यस क्षेत्रमा कर्फ्यु घोषणा गरेको छ।

भर्खरै प्रहरीले हानेको गोली लागी दुई जना घाइते भएको र उनीहरूको उद्धार पनि भइसकेकको छ।

 

यस्तै अहिले साँझपखदेखि भने प्रदर्शनकारीहरूले भित्री सडकमा पनि प्रदर्शन सुरु गरेका छन् ।

जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंको बानेश्वर आसपासको भित्री सडक तनावग्रस्त बनेको छ ।

 

 


प्रतिकृया दिनुहोस्