Skip

Hamro Sanchar

प्रधानमन्त्रीको घरमा जेनजीको ढुंगामुढा प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २३ गते


विराटनगर । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् ।

प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले रोकेपछि दमकस्थित निवासबाट करिब १ मिटर टाढाबाट ढुंगामुढा प्रहार गरेका हुन् ।

सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ लागेका थिए ।

निवास पुग्नबाट प्रहरीले रोकेको झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए । प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई प्रधानमन्त्रीको निवास अगाडिबाट हटाएको उनले बताए ।

सोमबार दिउँसो दमक नगरपालिका अगाडि प्रदर्शनकारीले आगजनी गरेका थिए ।


प्रतिकृया दिनुहोस्