Skip

Hamro Sanchar

विधान महाधिवेशनबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १९ गते


काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विधान महाधिवेशनमै केन्द्रित हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा हुँदैछ ।


प्रतिकृया दिनुहोस्