Skip

Hamro Sanchar

प्रचण्ड भन्छन् : हामीले खोजेको प्रत्यक्ष निर्वाचित समानुपातिक प्रणाली हाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १८ गते


काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले प्रत्यक्ष निर्वाचित समानुपातिक प्रणाली खोजेको बताएका छन्।

बुधबार अखिल नेपाल महिला संघ९क्रान्तिकारी०को ७ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले कतिपयले समानुपातिक भनेपछि भोट हाल्न पाइँदैन भन्ने गरेको भए पनि त्यो गलत भएको उल्लेख गरे।

‘समानुपातिक भनेपछि कतिपयले भोट हाल्न पाइँदैन भन्छन्,’ प्रचण्डले भने, ‘हामीले सोचेको प्रत्यक्ष निर्वाचित समानुपातिक हो। महिलालाई ५१ प्रतिशत दिने हो भने ५१ प्रतिशत चाहिँ प्रत्यक्ष निर्वाचनबाट महिला चुनिने व्यवस्था भनेको हो।’

‘निर्वाचनमा हुने प्रतिष्पर्धा महिला, महिलामा होस्। जताबाट आउँदा पनि महिला आउने गरी बनाउने भनेको हो। भोटै हाल्न नपाउने भनेको होइन,’ उनले थपे।

यही तरिकाले अरु कलस्टरमा पनि हुने प्रचण्डको भनाइ छ। ‘त्यस्तो अरुहरुकोमा पनि गर्‍यो भनेपछि मात्रै विविधताको सही प्रतिनिधित्व हुनसक्छ भन्ने हाम्रो भनाइ छ,’ उनले भने।

माओवादीले संविधान भन्दादेखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा अडान राखेको तर संविधानमा त्यो समेट्न नसकिएको प्रचण्डको भनाइ छ ।


प्रतिकृया दिनुहोस्