Skip

Hamro Sanchar

डा गोविन्द केसीले तोडे अनशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १७ गते


 

काठमाडौं । वरिष्ठ चिकित्सक डा गोविन्द केसीले अनशन तोडेका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्।

उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट जुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्।

अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए ।


प्रतिकृया दिनुहोस्