Skip

Hamro Sanchar

चिनियाँ सैन्य परेड अवलोकन गर्न प्रधानमन्त्री ओलि बेइजिङ पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १७ गते


काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँस्थित तियानजिनबाट मंगलबार राजधानी बेइजिङ पुगेका छन्।

तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो।

त्यहाँ बुधबार आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ।

त्यस क्रममा चिनियाँ सैन्य परेड देखाइनेछ। जसमा प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्।

प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका छ ।


प्रतिकृया दिनुहोस्