Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १७ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ।

शाङ्घाई सहयोग संगठन ९एससीओ० को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र पुटिनबीच सोमबार साँझ भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने र संस्कृति, व्यापार र लगानीका क्षेत्रमा पारस्परिक सहयोगलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

सांघाई सहयोग संगठन ९एससीओ० प्लस को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे, लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलि, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ तथा माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुलगायत विश्वका नेताहरूसँग भेटवार्ता भएको छ ।


प्रतिकृया दिनुहोस्