Skip

Hamro Sanchar

पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १६ गते


काठमाडौं । पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन भएको छ।

वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले अर्यालको ९३ वर्षको उमेरमा निधन भएको जानकारी दिएका हुन्।

अर्यालको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको सो पार्टीका नेता जागृत रायमाझीले बताए।

अर्याल वैज्ञानिक समाजवादी पार्टीको प्रवुद्ध समितिका संयोजक थिए। उनको गएराति ११ बजे काठमाडौँमा निधन भएको हो।

वि।सं।१९८९ साल चैत १४ गते बारामा जन्मिएका अर्यालले २००९ सालदेखि ११ सालसम्म बारा र रौतहटमा भएका किसान आन्दोलनको नेतृत्व गरेका थिए।

‘अर्यालको दुःखद् मृत्युले नेपाली कम्युनिस्ट आन्दोलले एक क्रान्तिकारी धरोहर गुमाएको छ,’ आहुतिले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी कमरेड नन्दन अर्यालले संकल्प गरेको वैज्ञानिक समाजवाद निर्माणको यात्रामा ढृढलापूर्वक लाग्ने संकल्प गर्दछ। र, सिंगो पार्टी पङ्ती एवं न्यायप्रेमीहरूलाई संकल्पित हुन अपिल गर्दछ।’

योग अभ्यासीसमेत रहेका अर्याल ९३ वर्षको उमेरमासमेत सक्रिय जीवन बाँचेका उनीसँग संगत गरेका वामपन्थी नेता बिदुर खरेलले बताए ।


प्रतिकृया दिनुहोस्