Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १४ गते


बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए ।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया ९मेजर अपरेशन० गरिएको थियो ।

पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् । लुम्विनी प्रदेश सभा ८७ सदस्यीय छ ।


प्रतिकृया दिनुहोस्