Skip

Hamro Sanchar

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १४ गते


बुटवल । रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दिन मुसलमानको निधन भएको छ।

परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमान हृदयाघात ९हार्टअट्याक० का कारण आज बिहान ९ बजे उनकै निवासमा बितेका हुन्।

उनको अन्त्येष्टि आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत रूपमा गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिएका छन्।

सजरुद्दिन नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्