Skip

Hamro Sanchar

कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका ४ जना बालकको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १२ गते


कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका चार जना बालकको शव फेला परेको छ ।

बिहीबार दिउँसो गोदावरी नगरपालिका–९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका चार बालकको शव फेला परेको हो ।

उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा ल्याइँदैछ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार मृतक बालकहरूको परिचय खुलेको छैन।

उनीहरू धनगढीबाट खुटिया नदीमा नुहाउन गएको भन्ने बुझिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


प्रतिकृया दिनुहोस्