
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा अरनिको पाँडेलाई प्रहरी अनुसन्धानका लागि ४ दिन म्याद थप गर्न अदालतले अनुमति दिएको छ।
सामाजिक सञ्जाल फेसबुक र इमेलमार्फत महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको थियो।
बिहीबार काठमाडौँ अदालतले पहिलोपटक उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख डीआईजी नबिन्द अर्यालले नेपालखबरलाई जानकारी दिए।
पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् ।














