Skip

Hamro Sanchar

प्रधानमन्त्री ओलिले भोलि संसद्‌मा सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १२ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।

बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी गराए ।

‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसद्मा आएर सम्बोधन गर्ने भन्ने जानकारी गराउनुभएको छ,’ पाण्डेले भने।


प्रतिकृया दिनुहोस्