Skip

Hamro Sanchar

स्थानीय तहको संस्थागत क्षमता स्वंमुल्याङकनमा कागेश्वरी मनोहरा क्रमश: उत्कृष्टता तर्फ…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ७ गते


काठमाडौं, भदौ ७- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ।  देशभरका ७५३ स्थानीय तहमध्ये काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मनोहरा नगरपालिकाले गत बर्षहरुको तुलनामा क्रमश नतिजा सुधार गर्दै गएको छ । यस वर्ष सार्वजनिक भएको नतिजामा यस नगरपालिकाले ८३.७५ अंक प्राप्त गर्न सफल भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख, उदयमान युवा नेताको पहिचान बनाएका उपेन्द्र कार्की रहेका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । कार्की नगरपालिका संघका बागमती प्रदेश संयोजक समेत हुन् । यस्तै उपप्रमुख शान्ता थापा छिन् । उनी नेकपा (एमाले)बाट निर्वाचित हुन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को मूल्यांकनमा कागेश्वरी मनोहरा नगरपालिकाले यस अघि आ.व २०७६/०७७ मा  ६८ अंक प्राप्त गरेको थियो । आ.व. २०७७/०७८ मा ७१.५ अंक, आ.व. २०७८/०७९ मा ६१.५ अंक र आ. व २०७९/२०८० मा ६७.२५ प्राप्त गरेको थियो । यसपटक भने गत आर्थिक बर्षहरुको तुलनामा उत्कृष्ट ८३.७५ अंक प्राप्त गरेको हो । प्रारम्भिक नतिजा ८६.५ भएतापनि गुणस्तर परिक्षण पश्चात् ८३.७५ कायम भएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

काठमाडौं जिल्लाको  ११ वटा पालिकामध्ये कागेश्वरी मनोहरा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को तेश्रो स्थानमा छ । नागार्जुन नगरपालिका ८६.५० अंक सहित पहिलो स्थानमा छ भने टोखा र बुढानिलकण्ठ नगरपालिका ८५.२५ अंक सहित दोश्रो स्थानमा छन् । यसै गरि काठमाडौं महानगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । कीर्तिपुर नगरपालिका ७५.२५ अंक, गोकर्णेश्वर ६८.५० अंक, टोखा ८०.५० अंक, चन्द्रागिरी ८०.५० अंक दक्षिणकाली नगरपालिका ८३.२५ अंक रहेको छ ।


प्रतिकृया दिनुहोस्