Skip

Hamro Sanchar

माओवादीले भन्यो : लिपुलेकबारे चीन–भारत सहमति नेपालको राष्ट्रियतामाथिको सिधा प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ६ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे चीन–भारतको सहमति नेपालको राष्ट्रियतामाथिको सिधा प्रहार भएको बताएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले यस्तो बताएका हुन् ।

‘यो केवल भूमि अतिक्रमणको विषय होइन, नेपालको सार्वभौमिकता, राष्ट्रियतामाथिको सिधा प्रहार हो’ सांसद शर्माले भनेका छन्, ‘यो आखाँ झिम्क्याएर हेर्ने विषय होइन। यो इतिहासको दोसाधमा उभिएके राष्ट्र प्रेमको निर्णायक घडी हो ।’

ऐतिहासिक तथ्यले नेपालको भूमि देखाउँदा देखाउँदै दुई छिमेकी मुलुकले सहमति गरेको उनले बताए । यो बेला सरकार संसदको साथ लिएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ । अन्यथा, सडकबाट आवाज उठ्ने उनको चेतावनी छ ।


प्रतिकृया दिनुहोस्