Skip

Hamro Sanchar

रवीलाई भेटेपछि प्रचण्डले भने : अभिभावकको हिसाबले गएको हु, दुब्लाउनु भएछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ४ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीका अभियुक्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। केहीबेरअघि लामिछानेलाई भेट्न प्रचण्ड ललितपुरस्थित नक्खु कारागार पुगेका थिए।

लामिछानेलाई भेटेर निस्किएपछि उनले लामिछाने दुब्लाएको प्रतिक्रिया दिए। उनले आफू अभिभावकको हिसाबले उनलाई भेट्न पुगेको पनि बताए।

भरखरै रवि लामिछानेसँग भेट गरेँ। मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हिसाबले उहाँको अवस्‍था बुझ्नु स्वभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको मिलन। उहाँको भैरहवाको बसाइको स्थिति जटिल नै रहेछ। दुब्लाउनु भएछ, उनले भने, यहाँ बसाइ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंशा गर्नु भयो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी रुपन्देही कारागारमा थिए। उनैले माग गरे बमोजिम उनलाई शनिबार (साउन ३१) मात्रै नक्खु स्थानान्तरण गरिएको हो  ।


प्रतिकृया दिनुहोस्