Skip

Hamro Sanchar

सभापति देउवाको आग्रह मानेको छु भन्दै मुख्यमन्त्री लामाले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १९ गते


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर सहमति गरेपछि उनले पत्रकार सम्मेलनमार्फत बागमती प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेको जनाएका हुन् ।

उनले आफूले पार्टी सभापतिको कुरा मानेर राजीनामा दिएको जनाए । उनले भने, ‘संविधानले त मलाई मुख्यमन्त्री त अझै सुनिश्चित नै गरेको थियो । तर पार्टीभित्रको बृहत छलफलपश्चात विधि मूल्य र मान्यतालाई आधार मानेर ।

त्यतिमात्र होइन पार्टी सभापतिले देउवासँगको छलफलमा राजीनामा गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेकाले त्यसलाई शिरोधार्य गर्दै राजीनामा दिने निर्णय गरेको हुँ ।


प्रतिकृया दिनुहोस्