Skip

Hamro Sanchar

दुई निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ, कसैले औँलो ठड्याउन सक्छ : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


दुई निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ, कसैले औँलो ठड्याउन सक्छ प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर आफू विजयी भएको बताएका छन् । सूर्यप्रसाद श्रेष्ठद्वारा नेपालमा निर्वाचनको इतिहाससम्बन्धी लेखिएको पुस्तक आइतबार काठमाडौँमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षले कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर आफूले जितेको जिकिर गरे ।

‘विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ । कुनै प्रकारको अनफेयर चिज नगरी कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ’, उनले भने, ‘सञ्चार माध्यममा लाइभ गइराखेको छ । न बल प्रयोग न धन प्रयोग, धन र बल प्रयोगबिना जितेको हुँ । कसैले असत्य प्रमाणित गर्न सक्छ भने, अहिलेसम्मको कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेँ भने, कतै नियम उल्लङ्घन गरेर काम गरेँ भने कसैले पनि मलाई औँलो ठड्याउन सक्छ । रिस उठेर गाली गलौज गर्नु बेग्लै कुरा हो त्यो ।’

प्रधानमन्त्री ओलीले २०४८ सालको निर्वाचनमा पैसा खर्च नगरी आफू विजयी भएको पनि भन्न भ्याए । उनले भने, ुत्यतिबेला पार्टीले निर्वाचन क्षेत्र झापा जान जम्मा दुई सय दिएको थियो, त्यसमा पनि २० रुपैयाँ बचत भयो ।


प्रतिकृया दिनुहोस्