Skip

Hamro Sanchar

देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु :  जनार्दन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देश र जनताका लागि आफू आत्मालोचनामात्रै नभइ जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्

पार्टी स्थायी कमिटीको आजको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा राखे ।

‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’

उनले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गरेका छन् ।

बैठकमा उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरू भएको सुशासनको अभियानलाई अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाए ।

उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष निकालेका छन् ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माको अन्तरविरोध सतहमै देखिएको छ ।


प्रतिकृया दिनुहोस्