Skip

Hamro Sanchar

माधव नेपालको दाबी : राजनीतिक प्रतिशोध साँध्न मलाई मुद्दा लगाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १६ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको जिकिर गरे।

उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गर्दै भने, ‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन।’


प्रतिकृया दिनुहोस्