Skip

Hamro Sanchar

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १६ गते


काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

आजदेखि चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ छन्। त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि छलफल हुनेछ।

यसअघि गएको बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। पछिल्लो समय माओवादीमा जनार्दन शर्मासहितका नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तनको विषय उठाउन थालेका छन्।

गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका थिए ।


प्रतिकृया दिनुहोस्