Skip

Hamro Sanchar

कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक बालुवाटारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १५ गते


काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइरहेको समयमा दुई दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकमा यसै एजेन्डामा छलफल हुने स्रोतको भनाइ छ । उच्च सरकारी स्रोतका अनुसार, देउवासँग ओलीले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्दै सरकारको कार्यक्षमता वृद्धिमा सघाउन आग्रह गर्नेछन् ।


प्रतिकृया दिनुहोस्