
काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री घुस डिलमा मुछिएको अडियो सार्वजनिक हुँदा सरकार किन मौन छ भनी प्रश्न गरे ।
“सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु दुनियाँले सुनेको अडियो नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो,” उनले भने, “गुप्ताजीलाई बर्खास्त गरियोस् र निष्पक्ष छानिबन होस्


















