Skip

Hamro Sanchar

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ३० गते


विराटनगर । सुनसरीको हरिनगरमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् ।

राती २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका हुन् । गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु राती राती आउने गरेको र हिजो पानी राती आएर गोली हानी हत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।

हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाले बताए । यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्