Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा र राप्रपाले गरे बहिष्कार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १४ गते


Advertisement

काठमाडौं । अहिले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

तर विपक्षी दुई दल रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै ती दुई दलका सांसद बैठकबाट बाहिरिएका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद्‌मा अवरोध गरिरहेका उनीहरूले बैठक नै बहिष्कार गरेका हुन्।

यो खबर लेखिरहँदा प्रधानमन्त्री ओलीले आफूले गर्न लागेको स्पेन भ्रमणबारे जानकारी दिइरहेका छन् ।


प्रतिकृया दिनुहोस्