Skip

Hamro Sanchar

मनहरा खोलामा हामफालेका युवकको सकुशल उद्वार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ११ गते


ललितपुर । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार भईरहेका १८ वर्षिय युवक बुधबार बिहान करीव ६ः४० बजे मनहरा खोलामा हामफालेको प्रहरीले जनाएको छ ।

तर सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.२१ दक्षिणकालि गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टोलीले उनको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ । हाल उनी मानसिक सम्बन्धी विरामी भई सो अस्पतालमा उपचारत रहेको खुलेको सशस्त्र प्रहरीले जनाइएको छ ।


प्रतिकृया दिनुहोस्