Skip

Hamro Sanchar

एमालेको सचिवालय बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ११ गते


काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।


प्रतिकृया दिनुहोस्