Skip

Hamro Sanchar

सम्सद्मा गृहमन्त्री : भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १० गते


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए ।

उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।


प्रतिकृया दिनुहोस्