Skip

Hamro Sanchar

सम्सद्मा परराष्ट्रमन्त्री राणा : विपिनका बारेमा भगवानसँग प्राथना गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ९ गते


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

“हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” उनले भनिन्, “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु ।”

तर जोशीको अवस्था अहिले के छ भन्नेबारेमा नै अनभिज्ञता प्रकट गरिन् ।

“दुईजना विदेशी हराइरहेको जानकारी प्राप्त भएको थियो,” उनले भनिन्, “नेपाली नागरिक विपिन जोशीको बारेमा भगवानसँग प्राथना गरौँ । सकुसल छन् । नेपाल फर्किन्छन् भन्ने आशा गरौँ ।


प्रतिकृया दिनुहोस्