Skip

Hamro Sanchar

संसद्प्रति मन्त्रीहरू जिम्मेवार भएनन् : योगेश भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ७ गते


काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले आपत्ति जनाएका हुन् ।

एकैपटक १० मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु संसद्प्रति मन्त्रीको गैरजिम्मवारी भएको उनले टिप्पणी गरे । “।।।१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन । अस्ति केही मन्त्रीजीहरू आउनु भएन,” उनले भने, “अनि, थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो ।”

उनले संसद्‌मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका बेला योभन्दा महत्त्वपूर्ण अर्को काम के होला रु भन्दै प्रश्न गरे । उनले भने, “म माननीय मन्त्रीज्यूहरूलाई भन्न चाहन्छु– संसद् चलिरहेको बेलामा, विनियोजन शीर्षकमाथिको छलफल भइरहेको बेलामा त्योभन्दा महत्त्वपूर्ण अर्को काम के होला यहाँ रु जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के पर्‍यो होला रु

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए ।


प्रतिकृया दिनुहोस्