
दैलेख । दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको खबरले प्रधानमन्त्री केपी शर्मा ओली खुसी भएका छन्।
चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण गरी नेपाल सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा त्यहाँ १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको उल्लेख गरिएको छ। यो खबरले प्रधानमन्त्री ओली हर्षित भएका हुन्।
प्रधानमन्त्री ओलीले पोस्टर नै बनाएर सामाजिक सञ्जालमा लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु। समर्थन र विरोध-आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो ।






























