Skip

Hamro Sanchar

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस खोलाले बगायो, यात्रुको सकुशल उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ६ गते


काठमाडौं । काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ।

३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो।

बस बाढीले बगाए पनि त्यसमा सवार सबै ९तीनजना शिशुसहित ३८ जना०यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए।

बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ।


प्रतिकृया दिनुहोस्