
काठमाडौं । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ । गएराति उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको थियो । सहकारीको रकम ठगीपछि फरार भएका उनी कम्बोडिया पुगेका थिए ।
तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन ९इन्टरपोल०ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए

















