Skip

Hamro Sanchar

तिनकुने घटना : पत्रकार प्रकाशचन्द्र पाँच हजार धरौटीमा रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ४ गते


काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रतिवादी बनाइएका पत्रकार प्रकाशचन्द्र दाहाल अदालतको आदेशबाट रिहा भएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुन पुगेका दाहालको बयानपछि थुनछेक आदेश भएको हो ।

दाहालको बयान तथा सुनुवाइ न्यायाधीश रेशराज शर्माको इजलासमा भएको थियो । दाहाल पाँच हजार धरौटीमा रिहा भएका हुन् ।

न्यायाधीशसमक्ष भएको बयानमा पत्रकार दाहालले आफू राजा ल्याउन वा अराजक गतिविधिमा सामेल हुन नभएर समाचार संप्रेषणका लागि त्यहाँ गएको उल्लेख गरेका छन् ।

पत्रकार दाहालले दुर्गा प्रसाईंले प्रहरीलाई किच्ने गरी गाडी हाक्दा भित्रैबाट लाइभ गरेका थिए । त्यसबाहेक तीनकुनेका निजी घरसहित भाटभटेनी सुपरस्टोरका लुटपाट तथा जडिबुटी कम्पनीको आगजनीको भिडियो भने दाहालको अनलाइन तथा युटुवच्यानल नेपाल पुकारबाट सार्वजनिक भएको थियो


प्रतिकृया दिनुहोस्