
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा मंगलबारको संसद् बैठकमा सहभागी भएका छन्।
०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका जबरा सोही दिन पक्राउ परेका थिए।
तर उनी उपचारका लागि भारत जानुपर्ने भएपछि हिरासतमुक्त भएका थिए।
उनलाई सोमबारमात्रै काठमाडौँ जिल्ला अदालतले ३ लाख धरौटी माग गरेर रिहा भएसँगै आजको संसद् बैठकमा उपस्थित भएका हुन्।


















