Skip

Hamro Sanchar

धरानमा मेयर र उपमेयरबीच विवाद चर्कियो : समर्थकबीच हात हालाहाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ३ गते


काठमाडौं । धरान उपमहानगरपालिकाबीच नगरप्रमुख हर्कराज साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको छ।

नगरप्रमुख साम्पाङले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी पालिकाबाट भुक्तानीको प्रक्रियाअघि बढाउन खोजेपछि उपप्रमुख बेघाले आपत्ति जनाएका थिए।

बेघाले आपत्ति जनाएको केहीबेरमै साम्पाङले आफ्ना समर्थकलाई बोलाएर आफूमाथि आक्रमणको प्रयास गरिएको आरोप लगाएका छन्।

लगत्तै बेघाले पनि आफ्ना समर्थकलाई उपमहानगरपालिकाको कार्लालयमा बोलाएपछि दुई समूहबीच झडपको अवस्था बनेको हो।

अहिले पालिकामा दुवैपक्षले एकअर्काविरुद्ध नाराबाजी गरिरहेका छन्। झडपको अवस्था सिर्जना भएपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिकृया दिनुहोस्