
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक भोलि (बुधबार)बिहान ८ः३० बजेका लागि बोलाइएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।


















